back

आजको मौसम : कुन कुन स्थानमा हुँदैछ वर्षा ?

वि.सं.२०८२ साउन ६ मंगलवार

486 

shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित छ ।

जसको प्रभावले हाल मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०८२ साउन ६ मंगलवार ०८:४३ मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान...

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...