back
CTIZAN AD

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

2.2K 

shares

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको राजनीतिक वातावरण बनाउन आज दलका नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे हुने उक्त छलफलका लागि विघटित संसद्मा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई औपचारिक निमन्त्रणासहित टेलिफोन सम्पर्क गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको तयारीका क्रममा भइरहेका विभिन्न पहलहरूमध्ये यो छलफललाई एउटा महत्वपूर्ण प्रयासका रूपमा लिइएको हो ।

सरकारले हालसम्म निर्वाचनसम्बन्धी कानुनी, नीतिगत, पूर्वतयारी तथा सुरक्षा व्यवस्थाका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बन्धी निकायसँग निरन्तर परामर्श गर्दै आएको छ । तर, राजनीतिक दलहरूसँग प्रधानमन्त्री कार्कीको यो पहिलो औपचारिक छलफल हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गत असोज २४ गते राष्ट्रपति कार्यालय शीतल निवासमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा प्रारम्भिक छलफल भएको थियो ।

त्यसपछि निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका तथा स्थानीय तहमा कम्तीमा एक वडा सदस्य जितेका गरी २९ वटा दलहरूसँग छलफल गर्दै सरकारले दलहरूसँग सघन सम्वादमार्फत निर्वाचनको वातावरण बनाउनुपर्ने सुझाव पाएको थियो ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १६:५१ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...