back
CTIZAN AD

रुपन्देहीमा भन्सार छली गरी ल्याइएका साढे १८ लाखका सामानसहित पाँच जना पक्राउ

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

1.3K 

shares

देवदह (रुपन्देही), ३ कात्तिक । रुपन्देही प्रहरीले झण्डै साढे १८ लाख रुपैयाँ बराबरका अवैध सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका टोलीले सोमबार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका रु १८ लाख ४२ हजार मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–४ बस्ने ५३ वर्षीय अलउदिन चुरिहार, सिद्धार्थनगर–६ बस्ने ५५ वर्षीय मिहाज अहमद, भारतको दिल्लीका ४८ वर्षीय सोहेब आलम, सोही स्थानका ५६ वर्षीय पवन अली र ३८ वर्षीय साहिद मलिकलाई सामानसहित नियन्त्रणमा लिइएको हो ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १६:४५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...