back
CTIZAN AD

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

1.7K 

shares

महेन्द्रनगर । यदि विपिन जोशी आज जिवित भएका भए, उनको परिवार मात्र होइन, सिङ्गो देश नै रिहाइको खुशीयालीमा रमाइरहेको हुने थियो । विमानस्थलदेखि घरसम्म उनलाई स्वागत गर्न जनसागर उर्लिएको दृश्य कल्पना गर्न सकिन्थ्यो ।

तर त्यो सम्भावना अब सम्झनामा मात्र सीमित रह्यो । दुई वर्षदेखि विपिनको सकुशल फर्कने आशामा प्रतीक्षारत नेपालीहरू एक साताअघि जब उनी जीवित नरहेको खबरले थिचिए, देशभर शोकको छाया फैलियो । हमासको बन्धक बनिएकै अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरे । त्यसपछि शसस्त्र प्रहरी बलको टुकडीले सलामी अर्पण गर्‍यो ।

इजरायलको फरेन्सिक प्रतिवेदनअनुसार, हमासले विपिनलाई बन्धक बनाएर टाउकोमा गोली प्रहार गरी हत्या गरेको जनाइएको छ । विपिन जीवित नरहेको जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो ।

कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका नेपाली विद्यार्थीको टोलीसँगै विपिन पनि त्यही क्रममा गएका थिए । हमासको आक्रमण हुँदा उनी अपहरणमा परेका थिए । खोजीका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाब बढाइए पनि अन्ततः उनको मृत्यु पुष्टि भयो ।

विभिन्न कानुनी प्रक्रिया पूरा गरेर सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पु-याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलाबुवा रामदत्त जोशीले दागबत्ती दिए ।

नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाए र इजरायली झण्डा ओढाएर सम्मान व्यक्त गरे । राजदूत नेतृत्वको टोली काठमाडौँदेखि विपिनको अन्त्येष्टिसम्म उपस्थित रह्यो ।

शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, आफन्त, इष्टमित्र र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १६:३९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...