back
CTIZAN AD

पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : प्रदीप ज्ञवाली

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

2K 

shares

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी मङ्सिरमा हुने महाधिवेशनले पार्टी नेतृत्वको अन्तिम फैसला गर्ने बताएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै ज्ञवालीले निर्धारित मितिमा नै महाधिवेशन हुने र त्यही महाधिवेशनबाट नेतृत्वको टुंगो लाग्ने बताएका हुन् ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा पार्टीका विषयमा विस्तृत छलफल भएको उल्लेख गर्दै उनले नेतृत्वमाथि उठेका प्रश्नहरूका समाधानका लागि महाधिवेशनको मिति तय गरिएको बताए ।

उनका अनुसार, “बैठकमा केही साथीहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि हामीले त्यो अनुत्तरित राख्न चाहेनौँ । पार्टीको सार्वभौमसत्ता कार्यकर्तामै निहित हुन्छ, त्यसैले अब महाधिवेशनले कसलाई नेता बनाउने, कस्तो नीति लिने भन्ने निर्णय गर्छ, हामी त्यसैको पालना गर्छौँ ।”

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य महेश बस्नेत, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालगायतले पनि ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १६:३२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...