back
CTIZAN AD

पाल्पामा कुटपिटबाट ७६ वर्षीया महिलाको हत्या

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

1.3K 

shares

रामपुर । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।

गएराति झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विश्वकर्माले ७६ वर्षीया फूलमाया जिसीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा फूलमायाका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी पनि घाइते भएका छन् ।

घाइते जिसीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकोमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति करिब १२ः३५ बजे जानकारी पाउनासाथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । टोलीले घरमै लुकिरहेको अवस्थामा विश्वकर्मालाई पक्राउ गरेको हो ।

कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार १३:५७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...