back
CTIZAN AD

विपिन जोशीको आज महाकाली किनारमा अन्त्येष्टि

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

1.1K 

shares

काठमाडौँ । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको आज कञ्चनपुरको महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदै छ ।

उनको पार्थिव शरीर सोमबार बेलुका इजरायलबाट काठमाडौं हुँदै भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो । राति ढिलो घर पुगेकाले आज बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भई महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

विपिनको शव परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू समेत भीमदत्त पुगेका छन् ।

दुई वर्षअघि अध्ययनका क्रममा इजरायल गएका विपिन जोशी हमास लडाकूहरूको नियन्त्रणमा परेपछि मारिएका थिए । तिहारको बेला विपिनको शव घर आइपुग्दा उनको परिवार र गाउँभर शोकमग्न वातावरण छाएको छ ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार ०८:३७ मा प्रकाशित

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...