back
CTIZAN AD

प्रधानमन्त्री कार्की आज सात दलका नेतासँग छलफल गर्दै

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

975 

shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलका नेतासँग निर्वाचन तयारीबारे छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय मान्यता प्राप्त सात दलका दुई–दुई जना प्रतिनिधिसँग छलफल आज दिउँसो ४ बजेका लागि तय गरिएको छ ।

प्रधानमन्त्री कार्कीले यसअघि पनि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा विभिन्न दलका नेताहरूसँग छुट्टाछुट्टै रूपमा वार्ता गरेकी थिइन् । तर, यसपटक उनले सबै दलका प्रतिनिधिलाई एकैसाथ बोलाएर संयुक्त छलफल गर्न लागेकी हुन् ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका दलका नेताहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओलीको सरकार हटेपछि बनेको कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।

हाल दलहरूसँग पर्याप्त परामर्श नगरेको भन्दै आएको आलोचनाबीच प्रधानमन्त्रीले संयुक्त छलफल बोलाएकी हुन् ।

वि.सं.२०८२ कात्तिक ४ मंगलवार ०८:३४ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय...