back
CTIZAN AD

श्रद्धा भक्तिसाथ मनाइयो लक्ष्मीपूजा

वि.सं.२०८२ कात्तिक ४ मंगलवार

936 

shares

काठमाडौँ । तिहारको तेस्रो दिन सोमबार साँझ धन, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको श्रद्धा भक्तिसहित पूजा गरी लक्ष्मीपूजा पर्व मनाइएको छ ।

कार्तिक कृष्ण औँसीका दिन मनाइने यो पर्वमा घरदेखि व्यापारिक प्रतिष्ठानसम्म दीपावली गरेर लक्ष्मीको स्वागत गरिएको थियो । साँझपख आँगन र मूलढोकादेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अविरले लक्ष्मीका पाइला बनाइँदै ‘लक्ष्मी आउने बाटो’ देखाइने परम्परा अनुसार पूजा गरिएको हो ।

दीप प्रज्वलन गरेर झिलिमिली बनाइने यस पर्वमा पूजाकोठामा दीयो, कलश, गणेश र लक्ष्मीको प्रतिमा राखी गरगहना, पैसा, फलफूल र सेलरोटी चढाउने प्रथा रहेको छ ।

लक्ष्मीपूजापछि छोरीचेली र कन्यालाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने चलन छ । धार्मिक विश्वासअनुसार पूजाको रातमा घरबाहिर धन वा सामान निकाल्न नहुने मान्यता पनि रहँदै आएको छ ।

उज्यालोले काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरू झिलिमिली बनेका छन् । घर, बजार र गल्लीहरू दीपावलीको रौनकले उज्यालो भएका छन् । यही रातलाई सुखरात्रि पनि भनिन्छ ।

यसै अवसरमा युवायुवतीहरूले समूह बनाएर घरघरमा भैलो खेलेका छन् । धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार भैलो खेल्ने परम्परा बलिराजाबाट सुरु भएको हो । “सबैको भलो होस् भन्ने कामनासहित भैलो खेलिन्छ,” उहाँले बताउनुभयो ।

भैलो खेल्न आउनेलाई धान, चामल, पैसा र सेलरोटी दिने चलन आज पनि जीवित छ । कात्तिक महिनाको दानलाई शुभ मानिने भएकाले भैलोमा दान दिए पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।

सोमबार बिहानै घर सफा र लिपपोत गरेर लक्ष्मीलाई आमन्त्रण गरिएपछि साँझ धार्मिक विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो । प्राडा गौतमका अनुसार, “सफा र उज्यालो घरमा मात्रै लक्ष्मी बस्न आउँछिन् भन्ने मान्यताअनुसार लक्ष्मीपूजा गरिएको हो ।”

 

वि.सं.२०८२ कात्तिक ४ मंगलवार ०८:२६ मा प्रकाशित

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...