back

आजको मौसम : कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

वि.सं.२०८२ साउन १३ मंगलवार

624 

shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

वि.सं.२०८२ साउन १३ मंगलवार ०७:२७ मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तती छात्रवृत्तिका लागि आवेदन आह्वान...

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...