काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलकाे प्रमुख आतिथ्यतामा अाइतबार UNITREE (MAW Vriddhi बाट प्रायोजित नाडा अटो शो २०२५ को समापन कार्यक्रम आज काठमाण्डौको भृकुटीमण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री श्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७औं संस्करणको नाडा अटो शो २०२५ मा १,७६,७८९ दर्शकहरुले अवलोकन गरेका छन् ।
निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न मात्र भएको छैन अपितु दर्शकहरुको उपस्थितिको हिसावले यो प्रदर्शनी एतिहासिक बन्न पुगेको छ ।
उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतको भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।
अन्तरक्रिया कार्यक्रम
नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयहरुमा अन्तरक्रिया कार्यक्रमहरु समेत सम्पन्न गरेको थियो।
नाडा अटो शो को पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रृेड डायलग विषयमा भएको थियो ।
नाडा अटो शो को दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फ्युचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
नाडा अटो शो को तेश्रो दिन नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्र्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
नाडा अटो शो को चौथौं दिन ड्रोन हव नेपालका फाउण्डर प्रविन भट्टराईकोे प्र्र्र्रमुख आतिथ्यतामा फलाइङ्ग कार टेक्नोलोजी विषयमा र सोही दिन नेपाल राष्ट्र बैकका पूर्व गर्भनर दिपेन्द्र क्षेत्रीको प्र्र्रमुख आतिथ्यमा र नेपाल अटो पत्रकार संघको सहकार्यमा युथ मोविलिटी एण्ड नेशनल ड्रिम भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
यसै क्रममा नाडा अटो शो को पाँचौ दिनमा पनि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी आज नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीको प्रमुख आतिथ्यतामा मेड इन नेपाल विषयमा पनि एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
महासंघमा रूपान्तरणको ऐतिहासिक प्रस्ताव
समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई नाडा अटोमोवाइल्स महासंघ नेपाल Federation of NADA Automobiles Nepal मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारण सभा भाद्र २४ गते आह्वान गर्ने घोषणा गरेको छ । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ।
उत्कृष्ट स्टलहरुको छनौट
यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले जितेको छ ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड म्ँक्प् श्री अद्धेत इभि प्रा.लि.ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड हिट्को प्रा.लि.ले जितेको छ । त्यसैगरी बैंक तथा इन्स्यारेन्सहरुमा श्री ग्लोवल आई.एम.ई. बैंक लिमिटेडले जितेको छ ।
नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका सहकोषाध्यक्ष श्री पंकज अग्रवाल र नविन पारख, नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेल, इमानका तर्फबाट अध्यक्ष रोयल आचार्य तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विसेज् प्रा.लि.कातर्फबाट प्रवन्ध निर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहनेगरी पाँच सदस्यिय बेष्ट स्टल छनोट समिति समेत गठन गरेको थियो ।
उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको थियो भने सो प्रदर्शनीको फायर सेफटीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रा.लिले गरेको थियो । प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो ।
सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिनु भयो । नाडा अटो शो २०२५ सम्पन्न गर्न अध्यक्ष चौधरी कै संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
विशिष्ट व्यक्तिहरुबाट नाडा अटो शाे अवलोकन
६ दिनसम्म चलेको सो प्रदर्शनीमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्र्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, प्रतिनिधि सभा सदस्यहरु योगेश भट्टराई, हरि ढकाल, शिशिर खनाल, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले अवलोकन गरेका छन् ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्गज्यू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराईज्यू, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्सालज्यू, यातायात व्यवस्था विभागका निर्देशक श्री नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलज्यू, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले पनि प्रदर्शनीको अवलोकन गरेका थिए ।
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बंैकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मीज्युु, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री कमल गौतमज्यू, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल कप्तान सवित्रा भण्डारी र कलाकार सन्दिप क्षेत्रीले समेत नाडा अटो शो २०२५ को अवलोकन गरेका छन् ।
यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्र्र्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका थिए ।
वि.सं.२०८२ भदौ ९ सोमवार ११:४८ मा प्रकाशित






























