back
CTIZAN AD

चार वर्षीया बालिकाको डुबेर मृत्यु

वि.सं.२०८२ असोज ६ सोमवार

804 

shares

सुरुङ्गा (झापा) । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।

उहाँका अनुसार विष्णुमायाको सानो माईखोलामा डुबेर मृत्यु भएको हो । आइतबारदेखि हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको नायब उपरीक्षक खड्काले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।

वि.सं.२०८२ असोज ६ सोमवार १४:५३ मा प्रकाशित

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८...

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

महालक्ष्मी विकास बैंकद्धारा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पदयात्रा

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

सभापति लामिछानेकाे चुनावी खर्च करिब १० लाख

चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका...

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वतका अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे

पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...