back

चार वर्षीया बालिकाको डुबेर मृत्यु

वि.सं.२०८२ असोज ६ सोमवार

210 

shares

सुरुङ्गा (झापा) । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।

उहाँका अनुसार विष्णुमायाको सानो माईखोलामा डुबेर मृत्यु भएको हो । आइतबारदेखि हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको नायब उपरीक्षक खड्काले जानकारी दिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।

वि.सं.२०८२ असोज ६ सोमवार १४:५३ मा प्रकाशित

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन...

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ...

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं...

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

काठमाडौँ । शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक...

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...