
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१९ दारिमटारमा एकसथा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।
तेल बोकेको ट्यांकर, मालबाहक ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नाएको छ ।
घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । मकवापुर प्रहरीका अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ ।
वि.सं.२०८२ असोज ६ सोमवार १५:१९ मा प्रकाशित