back

काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान

वि.सं.२०८२ असोज ८ बुधवार

105 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।

महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए।

उहाँका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा दुईवटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्र तीनवटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुईवटा लाइट जडान भइसकेको राससलाई जानकारी दिए ।

महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताए । महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्याएको छ । उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए ।

वि.सं.२०८२ असोज ८ बुधवार १२:२८ मा प्रकाशित

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्दै माओवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादीकेन्द्र)ले हालको केन्द्रीय समिति विघटन...

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइयो

भक्तपुर । दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ...

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

डा भट्टराईद्वारा नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद त्याग

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं...

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

नक्खु कारागारबाट भागेका सहकारी ठगीका आरोपी शर्मा पक्राउ

काठमाडौँ । शिवशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका तत्कालिन सञ्चालक...

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

माओवादीले विचार मिल्नेसँग एकता प्रक्रिया अगाडि बढाउने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले विचार मिल्ने दलसँग एकताका लागि प्रभावकारी...

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै...