back

तुईन खोला पहिरो : यात्रुलाई निःशुल्क बससेवा

वि.सं.२०८२ असोज ९ बिहीवार

318 

shares

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ ।

नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उनले जानकारी दिए ।

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उनले भने,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।” पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिए ।

पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।

पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।

वि.सं.२०८२ असोज ९ बिहीवार १३:५५ मा प्रकाशित

Himalayan Life AD
देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

देशका प्रमुख आठ नदी खतराको तह पार, १२ नदी सतर्कताको तहमाथि

नारायण ढुङ्गाना, काठमाडौँ । अविरल वर्षातका कारण देशका विभिन्न आठ...

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

संगीता राई , धरान (सुनसरी) । अविरल वर्षातका कारण सप्तकोशी...

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने

काठमाडौँ । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा...

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु...

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको...

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयद काठमाडौँ । नेपाल...