back

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

वि.सं.२०८२ असोज २१ मंगलवार

387 

shares

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा  मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै  पूरा ग¥यो । नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै  रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।

मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक  विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

नेपालकी कविता कुँवरले तीन  विकेट लिइन भने  पूजा महतो र कविता जोशीले समान एक एक  विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

तस्बिर सौजन्यः नेपाल क्रिकेट सङ्घ

 

वि.सं.२०८२ असोज २१ मंगलवार ११:५६ मा प्रकाशित

Himalayan Life AD
स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्युु 

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्युु 

काठमाडौँ । जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको...

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक सर्‍यो

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक...

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

टिकटक भिडियो बनाउन खोलामा हाम फालेका व्यक्ति मृत फेला

  बारा । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको...

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित...

नौ वर्षमा पनि बनेन चिस्यानगृह

नौ वर्षमा पनि बनेन चिस्यानगृह

  पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यानगृह (कोल्ड स्टोर)...