back
CTIZAN AD

नौ वर्षमा पनि बनेन चिस्यानगृह

वि.सं.२०८२ असोज २४ शुक्रवार

876 

shares

 

पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यानगृह (कोल्ड स्टोर) नौ वर्ष बितिसक्दा पनि अधुरो नै छ।

आर्थिक वर्ष २०७३/७४ मा करिब रु पाँच करोडको लागतमा सुरु गरिएको चिस्यानगृह अझै पूर्ण हुन नसकेको हो। बेमौसमी फलफूल र सागसब्जी ताजा राख्ने उद्देश्यले सुरु गरिएको यो योजना सरकारले पर्याप्त बजेट निकासा नगरेपछि अलपत्र बनेको हो।

स्थानीय खेमबहादुर हमालबुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह अहिले एक तला बनेर अधुरै अवस्थामा छ। हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा भएपछि भुक्तानी गर्ने सहमतिमा निर्माण सुरु गरिएको थियो। तर, बजेट अभावका कारण संरचना जीर्ण बन्दै गएको छ।

स्थानीय किसानहरूले आफ्नै गाउँमा चिस्यानगृह बन्ने सुन्दा उत्साहित भएका थिए। तर, नौ वर्षसम्म पनि काम नसकिँदा उनीहरू निराश भएका छन्। स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेलमनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा रु १३ लाख ५० हजारमा खरिद गर्ने गरी तमसुक गरिएको थियो।

चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुवाती वर्षमा रु ५० लाख विनियोजन गर्ने सम्झौता गरिएको थियो, तर रु २४ लाखभन्दा बढी रकम नआएको बताए।
उनले भने, “क्रमिक रूपमा बजेट आउने अपेक्षा थियो, त्यसैले रु २४ लाख विनियोजन भएपछि काम सुरु गर्‍यौँ, तर इस्टिमेटअनुसार रकम नआएपछि काम अघि बढ्न सकेन।”

योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यानगृह एक वर्षभित्र निर्माण गर्ने लक्ष्य थियो। मोदी गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले गाउँपालिका, प्रदेश र संघीय सरकारसँग पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताए।
उनका अनुसार, “वडाबाट जग्गा व्यवस्थापनका लागि रु १५ लाख विनियोजन गरिएको थियो, तर जग्गा खरिदमा सहमति नहुँदा काम अघि बढ्न सकेन।”

मोदी गाउँपालिकाको देउपुर सुन्तलाको प्रमुख पकेट क्षेत्र हो। यहाँ वर्षेनी करिब रु चार करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ। क्याङ र लेस्पार क्षेत्र आलु उत्पादनका लागि उर्वर मानिन्छ। यहाँ उत्पादन हुने आलु र सागसब्जीका बीउ स्थानीय बजारदेखि सदरमुकाम कुस्मा र पोखरा सम्म बिक्री हुने गरेको किसानहरूले बताएका छन्।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार ११:०२ मा प्रकाशित

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

भोटेकोशी बाढीबाट वेपत्ता भएका १५८ जनाको शव नवलपुरमा भेटियो 

नवलपुर (नवलपरासी) । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...