back
CTIZAN AD

हाइज्याक

वि.सं.२०८२ असोज २३ बिहीवार

2.5K 

shares

सिंहदरवार
बनिरहेको थियो ज्वालामुखी
तुवाँलोको मुस्लो र रापभित्र
पिडाको आँसु पिएर
मैले जहाजउडाइरहेको थिएँ
राडारको दिशा पक्डेर
आफ्नै बाटो र गन्तव्यमा
रहर र सपनाहरूको हुटहुटी बोकेर ।

अनायासै
बदलियो मौसम
तूफानबनीकालो बादल
फैलियो सुन्दर आकाशभरि
विलीनभएतारापुञ्जहरू
हाइज्याकभयो कसैबाट
मेरो जहाज
नियन्त्रण भयो मेरो सिट
नियन्त्रण गरियो मलाई
बन्धकबनाइयो मलाई
मेरो विचार, रहर र सपनाहरूलाई
बदलेर दिशा
पर्दाभित्र र बाहिरका
खलनायकहरूको सल्लाह र निर्देशनमा
लोभ र लालचाकोआशा र विलासमा
अबरुद्ध पारियो यात्रा
अलपत्रपारियो यात्रीहरू
डर, त्रास, पिडा र मौनताको सिटमा ।

यात्रीहरू
टिठलाग्दा र हतोत्साहीअनुहारमा
फुङ्ङ उडेको दिक्दारी मनमा
उजाड मरुभूमि केलाउँदै
रुझेको मुहारमा
पसिना र आँसुको मसीले यात्रानक्शा कोर्दै
बोक्दैछन् अझै आशा
उज्ज्वल गन्तव्यको ।

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन–१०, स्युचाटार, काठमाडौँ
असोज २१, २०८२ (दसैँ पूर्णिमा)

वि.सं.२०८२ असोज २३ बिहीवार १८:०७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...