back
CTIZAN AD

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

वि.सं.२०८२ असोज २३ बिहीवार

1.3K 

shares

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाएका छन् ।

नेतान्याहूले विज्ञप्ति मार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान दिन भएको भन्दै सम्झौतामा अझै पनि “सबै“ बन्धकहरूको रिहाइ समावेश भएको बताएका छन् । गाजामा बाँकी रहेका ४८ जना बन्धक मध्ये करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ ।
योजनाको पहिलो चरणको स्वीकृतिसँगै सबै बन्धकहरूलाई घर फर्काइने आश्वासन दिदै यो कार्य कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय भएको उनले बताएका छन् ।

सम्झौतामा मतदान गर्न मन्त्रिपरिषद् बोलाउने अपेक्षा गरिएको छ, प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनका धेरै प्रमुख सदस्यहरू, बसोबास समर्थक मन्त्रीहरू इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले बारम्बार हमाससँगको सम्झौताको विरोध गर्दै सार्वजनिक रूपमा गाजामा यहूदी बस्तीहरूको पुनर्निर्माणका लागि आह्वान गरेका छन् ।

नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेको जनाउदै नेतन्याहुको कार्यालयले फोन वार्तामा अत्यावश्यक र भावनात्मक कुराकानी भएको उल्लेख गरेको छ । जसमा उनीहरूले सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक उपलब्धिका क्रममा एक अर्कालाई बधाईसमेत दिएका छन् ।

इजरायल र हमासले गाजा युद्धको अन्त्य गर्ने र बन्धक र केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने आफ्नो २० सूत्री योजनाको “पहिलो चरण“ मा सहमत भएको सामाजिक सञ्जाल मार्फंत ट्रम्पले घोषणा गरेका छन् ।

ट्रम्पले योजना बमोजिम सबै बन्धकहरू चाँडै नै रिहा हुने तथा इजरायलले बलियो, दिगो र चिरस्थायी शान्तिको मार्गमा सहमती सहित आफ्नो सेना फिर्ता गर्ने र सबै पक्षलाई उचित व्यवहार गरिने जनाएका छन् ।

इजरायल र हमासका प्रतिनिधिमण्डलले कतार, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताको मध्यस्थतामा इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा सोमबार देखि निरन्तर वार्ता गरिरहेका छन् ।
सन् २०२३ अक्टोबर– ७ मा युद्ध सुरु भएदेखि, इजरायली आक्रमणले गाजा पट्टीलाई ध्वस्त पारेको छ भने गाजाका व्यापक अनिकाल र विस्थापन निम्त्याएको छ भने कम्तिमा छ लाख सात हजार १८३ व्यक्तिको मृत्यु हुनुका साथै १६ लाख नौ ्हजार ८४१ अन्य घाइते भएको गाजाको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०८२ असोज २३ बिहीवार १८:१० मा प्रकाशित

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...