back
CTIZAN AD

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वि.सं.२०८३ साउन १५ शुक्रवार

885 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायतका मध्यस्थकर्ताहरूलाई यस सम्झौतामा पुग्नको लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका  छन ।

सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणमा सहमती जनाउदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका छन् । उनले यस सम्झौतालाई स्थायी शान्ति र सुरक्षाको मार्गमा एउटा महत्वपूर्ण कदम भएको बताएका छन् । उनका अनुसार सम्झौता सावधानीपूर्वक संरचित चरणहरू मार्फत कार्यान्वयन गरिनेछ; भने निशस्त्रीकरण पूरा भए पछि, इजरायली सेनाहरू फिर्ता हुनेछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कतार प्रति कृतज्ञता व्यक्त गर्दै मध्यस्थकर्ता इजिप्ट, कतार र टर्कीलाई उनीहरूको महत्त्वपूर्ण प्रयासका लागि धन्यवाद दिदै ऐतिहासिक सफलता सम्भव बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।

ट्रम्पले यो सम्झौतालाई युद्धको अन्त्य गर्न ट्रम्पको २०– बुधे योजनाको कार्यान्वयनमा एक प्रमुख ऐतिहासिक उपलब्धिको रुपमा वर्णन गर्दै गाजाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने घोषणा गर्नु भएको छ ।(रासस/क्युएनए)

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:३४ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...