back
CTIZAN AD

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

वि.सं.२०८३ साउन १७ आइतवार

93 

shares

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् ।

यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निःशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निसानामा परेका थिए ।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएका नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ । त्यसैगरी, दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको थियो । ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।(रासस/एएफपी)

वि.सं.२०८३ साउन १७ आइतवार ११:४१ मा प्रकाशित

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो...

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

काठमाडौं । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा...

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना लामो समयदेखिका माग सम्बोधन...

शिक्षक महासङ्घ फेरि आन्दोलनमा जाने

शिक्षक महासङ्घ फेरि आन्दोलनमा जाने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको...