back
CTIZAN AD

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८३ साउन १८ सोमवार

72 

shares
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
  बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए ।  सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरे ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको, खाद्यवस्तुको मूल्यवृद्धि बढ्दै गएको तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको बताए ।
सांसद पदमबहादुर परियारले दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको उल्लेख गरे । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरे ।
सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरे । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राखे ।

वि.सं.२०८३ साउन १८ सोमवार १४:५१ मा प्रकाशित

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

यसरी सहभागी हुनुहोस् ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा

काठमाडौं । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा...

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

सुनकोशी नदीमा कार खस्यो, विस्तृत विवरण आउन बाँकी

काठमाडौँ । सुनकोशी नदीमा कार खसेको छ । सोमबार बिहान...

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना लामो समयदेखिका माग सम्बोधन...