back
CTIZAN AD

कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा – महासचिव नेम्बाङ 

वि.सं.२०८२ असोज २३ बिहीवार

2.6K 

shares

नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले एक बिज्ञप्ति प्रेसित गर्दै, यही असोज २६ मा बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट पार्टीको मंसिर भित्र नियमीत अधिवेशन गर्ने र त्यो नसकेमा बिशेष महाधिवेशनमा जाने निर्णय बैठकबाटै गराउन केन्द्रीय कार्यसमितिलाई बिशेष अनुरोध गरेका छन् ।

गत भदौं २३ र २४ मा भएको जेनजीको आन्दोलन पछि नेपालको राष्ट्रिय राजनीतिमा नयॅा कोर्षको शुरूवात भएकोले यसलाई सम्बोधन गर्न मौजुदा नेतृत्वबाट सम्भव नहुने बिज्ञप्तिमा उल्लेख गर्दै, महासचिव नेम्बाङले त्यसका लागि कांग्रेस पार्टीभित्र नीति , नेतृत्व र संगठनमा आमुल रुपान्तरण आवश्यक भएको जनाएका छन्।

बिशेष महाधिवेश सकेर बदलिएको नीति र नेतृत्व लिएर कांग्रेस संविधान, व्यवस्था र देश जोगाउनका लागि घोषित आम चुनावमा सहभागि हुनुपर्ने धारणा राख्दै नेम्बाङले ‘इतिहासको कठिन मोडमा उभिएको कांग्रेसले मंसिर महिना भित्र नियमित अधिवेशन नभए बिशेष महाधिवेशन गरेर पार्टीको नीति र नेतृत्वमा व्यापक रूपान्तरण गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वसंग अन्तिम बिकल्प रहेको’ बताएका छन्।

उनले नियमित अधिवेशन नभए बिशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय बैठकबाट गराउनु नै एक उत्तम बिकल्प भएकोले यसलाई अभियानका रूपमा पहलकदमी गर्न र गराउनका लागि बिश्वभरका जनसम्पर्क समितिका नेतृत्वलाई महासमिति र महाधिवेशन प्रतिनिधीहरू लगायत जनसम्पर्क समितिका साथिहरू र देशैंभरका नेतागण एवम सबै कांग्रेसजनलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले अभियानमा जुट्न पनि  आह्वान समेत गरेका छन्।

वि.सं.२०८२ असोज २३ बिहीवार १८:१७ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...