back
CTIZAN AD

केभिआर समीट च्यालेन्जको तयारीमा ट्रेलमान्डु

वि.सं.२०८२ असोज २३ बिहीवार

1.4K 

shares

काठमाडौँ । ट्रेलमान्डु नेपालको आयोजनामा केभिआर समीट च्यालेन्ज शनिबार सुरु हुने भएको छ । यो च्यालेन्जस हरेक महिना हुने ट्रेल रनिङ प्रतियोगता हो ।

काठमाडौं उपत्यकालाई घेर्ने पाँच प्रमुख हिमाल फुलचोकी, शिवपुरी, भस्मासुर, चन्द्रागिरी र जामाचोमध्ये एउटाको शिखरमा पुग्ने कठिन २० देखि ३० किलोमिटरको परिक्रमा केभीआर रनमा समावेश हुने गर्दछ ।

ट्रेलमान्डुले दुई सत्र सफलतापूर्वक सम्पन्न गरिसकेको छ । आयोजकले यो वर्षको प्रतिस्पर्धामा ।परिवारमैत्री वातावरण सृजना गर्ने र्ने लक्ष्य राखेको छ । जसमा सहभागीहरू फरक–फरक दूरीमा प्रकृतिको मज्जा लिँदै दौडन वा पैदल यात्रा गर्न सक्नेछन् ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७–१० किलोमिटरको फन रन/हाइक पनि राखिएको छ । यो छोटो दूरीको ट्रयाक परिवार र साथीहरूका लागि उपयुक्त बनाइएको छ ।

यो वर्षको पहिलो रेसमा अमेरिका, जापान, फ्रान्स, नर्वे, भारतलगायत १३ देशका ८० भन्दा बढी धावकले हालसम्म दर्ता गरिसकेका छन् । इच्छुक धावकहरूले अझै पनि शुक्रबार बिहान १० बजेसम्म www.tralimandu.com मा गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।

रेस निर्र्देशक आशिष मिश्रका अनुसार रेसको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले भने–“हामीले यो प्रतियोगितालाई सकेसम्म रमाइलो, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउनेप्रयास गरेका छौंँ । यसको उद्देश्य ट्रेल रनिङ समुदायलाई सक्रिय राख्नुका साथै नेपालमा स्वस्थ जीवनशैली र खेल पर्यटनलाई प्रवर्धन गर्नु हो ।”

याे सत्रमा केभीआर समीत च्यालेन्जसमा पाँच चरण हुनेछ । रेस १ सन् २०२५ अक्टोबर ११, रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६को जनवरी १० र रेस ५ फेबु्अरी १ मा हुनेछ ।

“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

वि.सं.२०८२ असोज २३ बिहीवार १८:३५ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...