back
CTIZAN AD

भदौ २४ को हिंसात्मक घटनाका प्रायोजकमाथि कारबाही गर्न गोकुल बास्कोटाको माग

वि.सं.२०८३ साउन १६ शनिवार

159 

shares

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले गत भदौ २४ मा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन र त्यसका प्रायोजकमाथि कारबाही नभएसम्म देशमा हिंसा र अराजकता अन्त्य हुन नसक्ने बताएका छन्।

हालै सुनसरी, सिरहा लगायतका स्थानमा भएका हिंसात्मक घटनाको सन्दर्भ उल्लेख गर्दै बास्कोटाले भदौ २४ को घटनाका दृश्य तथा अदृश्य योजनाकार र प्रायोजकको पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। उनका अनुसार हिंसात्मक गतिविधिका जरा नै उखेल्न नसके देशले स्थायित्व र शान्ति प्राप्त गर्न सक्दैन।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले हिंसात्मक घटनामा संलग्न व्यक्ति तथा योजनाकारलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म दण्डहीनताको संस्कृतिले प्रश्रय पाइरहने र देश अस्थिरताको चक्रबाट मुक्त हुन नसक्ने धारणा व्यक्त गरेका छन्।

बास्कोटाले दण्डहीनताको संरक्षण कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै सरकारले स्पष्ट धारणा सार्वजनिक गरी प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। सरकारलाई सम्बोधन गर्दै उनले ‘बोल सरकार, एक फेर बोल !’ भन्दै भदौ २४ को घटनाबारे सरकारको आधिकारिक धारणा र ठोस कारबाहीको अपेक्षा व्यक्त गरेका छन्।

वि.सं.२०८३ साउन १६ शनिवार ०८:३३ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...