back
CTIZAN AD

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

वि.सं.२०८३ साउन १६ शनिवार

144 

shares

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको अवधिमा करिब ६० हजार आप्रवासी प्रवेश गरेको जनाइएको छ। ठूलो संख्यामा आप्रवासी सीमामा पुगेपछि स्पेन–मोरक्को सीमामा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्पेन सरकारले शुक्रबारसम्म ४८ हजार ३०० भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किसकेको जनाएको छ। समुद्र पौडी खेलेर, रबरका डुङ्गा प्रयोग गरेर तथा सीमा बार नाघ्दै हजारौँ मानिस स्पेनी भूभाग प्रवेश गरेका थिए।

सीमा नियन्त्रणका क्रममा स्पेन र मोरक्कोका सुरक्षा निकायले वाटर क्यानन, अश्रुग्यास तथा चेतावनीस्वरूप हवाई फायरसमेत गरेका थिए। घटनाका क्रममा केही आप्रवासी समुद्रमा डुबेर तथा केहीले भागदाैडमा परी ज्यान गुमाएको जनाइएको छ भने सयौँ व्यक्ति घाइते भएका छन्।

स्थिति नियन्त्रणमा लिन स्पेनले सेना, प्रहरी तथा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ। स्पेन सरकारले अवैध आप्रवासन नियन्त्रण र सीमा सुरक्षालाई थप कडा बनाउने जनाएको छ भने युरोपेली आयोगले मानव तस्करी सञ्जालविरुद्ध प्रभावकारी कदम चाल्न र प्रभावितहरूको मानवीय सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

वि.सं.२०८३ साउन १६ शनिवार ०८:४८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...