back
CTIZAN AD

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

वि.सं.२०८३ साउन १५ शुक्रवार

234 

shares

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा १८ आप्रवासीको मृत्यु भएको छ । हजारौँ आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले क्षेत्रमा सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय सङ्कटमा परिणत भएको अधिकारीहरूले बताएका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्कासँगै घटनास्थल सेउटाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सिभिल गार्ड अधिकारीहरूको प्रतिनिधित्व गर्ने स्थानीय श्रमिक सङ्घका प्रमुख रचिद स्बिहीले हजारौँ आप्रवासी अझै पनि सीमा पार गरेर सेउटा प्रवेश गरिरहेको बताउँदै अहिले परिचालित थप सुरक्षा तथा उद्धार टोली मुख्यतः घाइतेको उपचार र मानवीय सहायता उपलब्ध गराउन केन्द्रित रहेको जानकारी दिए ।

उनका अनुसार आश्रयको अभावमा साथमा अभिभावक नभएका बालबालिकासहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन् भने धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौतारिरहेका छन् । उनले परिस्थितिलाई ‘अव्यवस्थित र गम्भीर मानवीय सङ्कट’ को संज्ञा दिए ।

स्बिहीका अनुसार मृत्यु भएका १८ जनामध्ये अधिकांशको समुद्रमा डुबेर मृत्यु भएको हो । केहीको भने समुद्री अवरोध (ब्रेकवाटर) को पर्खाल पार गर्ने क्रममा भएको भागदौडमा ज्यान गएको बताइएको छ ।

बिहीबार सार्वजनिक भिडियोमा मुख्यतः मोरक्कोका नागरिक रहेको ठूलो भीड समुद्री अवरोध (ब्रेकवाटर) पार गर्दै सेउटा प्रवेश गरिरहेको देखिएको छ । तीमध्ये अधिकांश युवा पुरुष भए पनि महिला तथा साना बालबालिकासहितका परिवार पनि रहेका थिए । केही आप्रवासीले ‘भिभा एस्पाना’ भन्दै नारा लगाएको दृश्य पनि देखिएको छ ।

यति ठूलो सङ्ख्यामा आप्रवासी एकैपटक सेउटा प्रवेश गर्न किन प्रयासरत भए भन्ने कारण भने तत्काल स्पष्ट हुन सकेको छैन ।

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:२५ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...