back
CTIZAN AD

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

वि.सं.२०८३ साउन १५ शुक्रवार

162 

shares

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका केही जिल्लामा उत्पन्न संवेदनशील परिस्थितिको समाधान तथा सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले वर्तमान अवस्थालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गर्दै राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा राखिएको जानकारी दिए।

प्रधानमन्त्री शाहले नागरिकलाई कुनै पनि अफवाह, भ्रम वा उत्तेजनामा नलागी संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै सरकारले शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न आवश्यक सबै कदम चालिरहेको बताए। उनले सरकारले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिए।

उनका अनुसार सरकारको पहिलो प्राथमिकता घटनाबाट प्रभावित नागरिकसम्म तत्काल राहत र सहयोग पुर्‍याउने, उनीहरूलाई सुरक्षित अनुभूति गराउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने रहेको छ।

छलफलका क्रममा प्रधानमन्त्रीले रास्वपा सांसदहरूलाई आफ्ना–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्न, सामाजिक सद्भाव कायम राख्न, थप हिंसा वा तनाव फैलिन नदिन सक्रिय भूमिका निर्वाह गर्न तथा पीडित समुदायको दुःख–सुखमा साथ दिन आग्रह गरे। उनले जनप्रतिनिधिहरू राज्य र नागरिकबीच विश्वासको बलियो सेतु बन्नुपर्नेमा जोड दिँदै सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिकलाई राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावको पक्षमा उभिन आह्वान गरे।

प्रधानमन्त्री शाहले सरकारले संवाद, कानुनी प्रक्रिया र सबै पक्षको सहकार्यबाट वर्तमान परिस्थितिको दीर्घकालीन समाधान खोज्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै शान्ति, न्याय, कानुनी शासन र नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने स्पष्ट पारे। साथै, उनले परिस्थिति सामान्य बनाउन सबै राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीच समन्वयात्मक भूमिका आवश्यक रहेको बताए।

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:१८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...