back
CTIZAN AD

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

वि.सं.२०८३ साउन १५ शुक्रवार

210 

shares

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका ग्राहकका लागि जरुरी सूचना जारी गर्दै विगत ६ महिनादेखि नियमित रूपमा तलब रकम जम्मा नभएका खातामा उपलब्ध बीमा सुविधा निष्क्रिय हुने जनाएको छ।

फाइनान्सले जारी गरेको सूचनाअनुसार ग्राहकले आफू कार्यरत संस्था वा कार्यालयबाट प्राप्त हुने मासिक वा त्रैमासिक तलब रकम नियमित रूपमा सम्बन्धित तलब बचत खातामा जम्मा नगरेमा खाताले पाउँदै आएको बीमा सुविधा कायम नरहने जनाइएको छ।

त्यस्तै, खातासम्बन्धी सर्त तथा नियमहरू पालना नगरेका कारण २०८३ साल भदौ २२ गतेदेखि यस्ता खातामा उपलब्ध तलब बचत खाताअन्तर्गतका सम्पूर्ण सेवा–सुविधा हटाइने र ती खातालाई साधारण बचत खातामा परिणत गरिने फाइनान्सले जनाएको छ।

फाइनान्सले आफ्ना ग्राहकलाई समयमै खाताको अवस्था अद्यावधिक गर्न तथा आवश्यक सर्तहरू पूरा गरी सेवा–सुविधा निरन्तर कायम राख्न आग्रह गरेको छ।

थप जानकारीका लागि ग्राहकले नजिकको मञ्जुश्री फाइनान्स शाखा कार्यालय, टोल–फ्री नम्बर १८१०३५०००१३२ वा customercare@manjushreefinance.com.np इमेलमार्फत सम्पर्क गर्न सक्ने फाइनान्सले जनाएको छ।

वि.सं.२०८३ साउन १५ शुक्रवार १९:३२ मा प्रकाशित

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...