back
CTIZAN AD

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

वि.सं.२०८३ साउन २२ शुक्रवार

84 

shares

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट नियमित काममा फर्केका छन् । चार महिनापछि उनी कममा फर्केका हुन् ।

गत चैत्र १६ गते नेपाल प्रहरीको सिआईबीले पक्राउ गरी अनुसन्धानको क्रममा कैफियत फेला नपरेपछि उनलाई सफाई दिएसँगै आजबाट पूर्ववत रुपमा नियमित काममा फर्केको कम्पनीले जनाएको छ ।

सिआईबीले गरेको चार महिना लामो अनुसन्धानको क्रममा उनको कुनै प्रमाण फेला नपरेको हो । अर्याललाई सिआईबीले चैत्र २२ गते नै रिहा गरेको थियो । रिहा भएपनि अनुसन्धान अवधीभर काममा नफर्कने भनेर अर्याल कार्यालयमा आएका थिएनन् । सो अवधीमा कम्पनीमा कामु सिईओको जिम्मेवारी कवि फुयाललाई दिइएको थियो ।

अनुसन्धान गर्ने निकायबाट सफाई पाएपछि अर्याल ्काममा फर्केका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आईपिओ शेयर अन्तर्गतको कर्मचारीको भागमा पर्ने शेयर बाँडफाँडमा गडबढी गरेको उजुरीमाथि छानविन गरेको थियो । तर, सिआईबीले कुनै गडबढी फेला पार्न नसकेपछि क्लीयरेन्स दिएको बुझिएको छ ।

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...