back
CTIZAN AD

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

वि.सं.२०८३ साउन २२ शुक्रवार

168 

shares

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। बैंकले एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैंकिङ एपमा रहेको ‘बिल जितौँ (IRD)’ सुविधामार्फत कार्यक्रम सञ्चालन गरेको हो।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमअन्तर्गत योग्य उपभोक्ताले नियमित रूपमा लक्की ड्रमार्फत नगद पुरस्कार जित्ने अवसर पाउनेछन्। नेपालीभित्र व्यक्तिगत प्रयोजनका लागि १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एपमार्फत Merchant QR वा डिजिटल माध्यमबाट भुक्तानी गर्ने कारोबार यसमा समावेश हुने जनाइएको छ।

कार्यक्रममा सहभागी हुन माछापुच्छ्रे बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा लगइन गरी Bill Jitau (IRD) मेनुमा प्रवेश गर्नुपर्नेछ। त्यहाँ योग्य कारोबारको संख्या, कारोबारको विस्तृत विवरण तथा पुरस्कार विजेतासम्बन्धी जानकारी हेर्न सकिने व्यवस्था गरिएको छ।

आन्तरिक राजस्व विभागको कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्ये नियमित रूपमा प्रत्येक महिना एक जना भाग्यशाली करदातालाई १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँसम्म पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा सहभागी हुन माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा Merchant QR मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा PAN/VAT बिल लिन तथा बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, एमबीएल एम–स्मार्टको ‘BILL JITAU (IRD)’ मेनुमार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न सकिने बैंकले जनाएको छ।

बैंकले डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउन सरकारी डिजिटल भुक्तानी तथा कर प्रणालीसँग आबद्ध हुँदै आएको जनाएको छ। बैंकका अनुसार कार्यक्रममा सहभागी हुँदै ग्राहकले डिजिटल भुक्तानी गर्ने, बिल लिने र सुरक्षित राख्ने बानीको विकास गर्न सक्नेछन्।

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:०६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...