back
CTIZAN AD

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

वि.सं.२०८३ साउन २२ शुक्रवार

51 

shares

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको सत्य र पूर्ण जवाफ दिन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सूचनालाई सार्वजनिक गर्दै नेपालस्थित अमेरिकी दूतावासले यस्तो आग्रह गरेको हो ।

जारी सन्देशमा कन्सुलर अधिकारीहरूलाई आवेदकका विगतमा भएका अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे जानकारी हुनसक्ने उल्लेख गर्दै अन्तर्वार्ताका क्रममा सत्य विवरण प्रस्तुत गर्न आग्रह गरिएको छ।

आफ्नो विगतको अध्यागमनसम्बन्धी विवरण लुकाउने वा गलत जानकारी दिने कार्य नगर्न अमेरिकी विदेश मन्त्रालयले चेतावनी समेत दिएको छ।

विदेश मन्त्रालयका अनुसार भिसा प्राप्त गर्न वा अमेरिका प्रवेश गर्न जानाजानी महत्वपूर्ण तथ्यबारे गलत जानकारी दिनु वा तथ्य लुकाउनु  ‘fraud and misrepresentation’  अन्तर्गत पर्न सक्छ। यस्तो अवस्थामा अमेरिकी कानुनअनुसार भिसाका लागि स्थायी रूपमा अयोग्य ठहरिन सक्ने व्यवस्था छ।

विशेषगरी विगतमा अमेरिकी भिसा अस्वीकार भएको, भिसाको अवधि नाघेर बसेको, अध्यागमनसम्बन्धी नियम उल्लंघन गरेको वा अन्य अध्यागमन कारबाही भोगेको भए त्यसबारे सही विवरण दिनुपर्ने हुन्छ।

गलत विवरण दिएर भिसा प्राप्त गर्ने प्रयास गरेको प्रमाणित भएमा त्यसको असर भविष्यका अमेरिकी भिसा आवेदनमा समेत पर्न सक्छ। विदेश मन्त्रालयका अनुसार भौतिक रूपमा महत्वपूर्ण तथ्यबारे जानाजानी गलत जानकारी दिएको अवस्थामा INA Section 212(a)(6)(C)(i) अन्तर्गत स्थायी अयोग्यता लाग्न सक्ने चेतावनी पनि जारी सन्देशमा उल्लेख गरिएकाे  छ।

भिसा पाउनकै लागि कुनै कुरा लुकाउने वा झूट बोल्ने प्रयासले तत्कालको आवेदन मात्र होइन, भविष्यको अमेरिकी भिसा यात्रामै गम्भीर असर पार्न सक्ने हुँदा सचेत रहन आवश्यक छ ।

सावधान रहनुहोस् कन्सुलर अधिकारीहरूलाई विगतमा भएका कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे जानकारी हुन्छ। अन्तर्वार्ताका क्रममा सधैं सत्य बोल्नुहोस्। झूट बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिकामा प्रवेशका लागि स्थायी रूपमा अयोग्य ठहर गर्न सकिन्छ।

वि.सं.२०८३ साउन २२ शुक्रवार ११:१२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...