back
CTIZAN AD

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

वि.सं.२०८३ साउन १८ सोमवार

84 

shares

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम  शनिबार काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा अत्यन्त भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ।

एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो।

कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘Version Next’ को शुभारम्भसँगै गरिएको थियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘Version Next’ को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गर्नुभएको थियो। आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो। यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए। ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए।

हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। उहाँहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत (CMO) भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए। उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

यस अवसरमा:

-बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्यो।

-भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गर्नुभयो।

-नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट Citizen Leader बन्न सफल हुनुभयो।

-गीता पौडेल सर्वाधिक बीमालेख (Policy Count) जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गर्नुभयो।

-दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती (Highest Agent Recruitment) तर्फ प्रथम हुनुभयो।

कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए। सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेका थिए। सम्पूर्ण कार्यक्रम उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रमहरू मार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

वि.सं.२०८३ साउन १८ सोमवार १२:०४ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

भदौदेखि देशव्यापी आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना लामो समयदेखिका माग सम्बोधन...

शिक्षक महासङ्घ फेरि आन्दोलनमा जाने

शिक्षक महासङ्घ फेरि आन्दोलनमा जाने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको...

मलेसिया रोजगारीमा सिन्डिकेटको चर्चाप्रति श्रम मन्त्रालयले भन्यो – ‘भ्रमपूर्ण समाचारमा विश्वास नगर्नुहोस्’

मलेसिया रोजगारीमा सिन्डिकेटको चर्चाप्रति श्रम मन्त्रालयले भन्यो – ‘भ्रमपूर्ण समाचारमा विश्वास नगर्नुहोस्’

काठमाडौं । मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

नारायणगढ-मुग्लिन सडक सञ्चालन

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक...