back
CTIZAN AD

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, नयाँ ‘आई-सोलुसन’ प्रणाली सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार

99 

shares

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूलाई सम्मान गर्न आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।

ग्वार्कोस्थित रोयल टुलिप होटलमा साउन १६ गते (१ अगस्ट २०२६) आयोजित विशेष समारोहमा देशभरका उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता, कर्मचारी र विशिष्ट अतिथिहरू गरी एक हजारभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ कम्पनीको डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यका साथ नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’ (ख्भचकष्यल ल्भहत) को उद्घाटन गरेर गरिएको थियो। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू र व्यवस्थापन टोलीले संयुक्त रूपमा यस प्रणालीको सार्वजनिक गरे ।आधुनिक प्रविधिमा आधारित यो प्रणालीले सेवा प्रवाहलाई अझ छरितो, सुरक्षित र ग्राहकमैत्री बनाउने विश्वास कम्पनीले लिएको छ ।

नवीन प्रविधि र मनोरञ्जनको विशेष संगम

यस पटकको कार्यक्रमको मुख्य आकर्षणको रूपमा ह्युमानोइड रोबोट र रोबोटिक डग रहेका थिए । ह्युमानोइड रोबोटले सूचनामूलक र हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको ध्यान खिचेको थियो।

कार्यक्रममा हास्य कलाकार सुन्दर खनालका साथै कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को विशेष उपस्थिति र मनोरञ्जनात्मक प्रस्तुतिले हलमा बेग्लै रौनक थपेको थियो ।

विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई सम्मान

कम्पनीले वर्षभरि उत्कृष्ट नतिजा ल्याउन सफल ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

प्रमुख सम्मान विजेताहरूः

उत्कृष्ट शाखाः बुटवल शाखा (प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट)

उत्कृष्ट स्टार एजेन्सी म्यानेजरः भेषराज भट्टराई (बीमा शुल्क संकलनका आधारमा प्रथम)

उत्कृष्ट सिटिजन लिडरः नितेश श्रेष्ठ (प्रथम बीमा शुल्क संकलनका आधारमा प्रथम)
सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताः गीता पौडेल (पोलिसी काउन्टतर्फ प्रथम)

सर्वाधिक अभिकर्ता भर्तीः दिलबहादुर धामी (हाइएस्ट एजेन्ट रिक्रुटमेन्टतर्फ प्रथम)

नेतृत्वको प्रतिबद्धता
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास र भावी रणनीतिबारे प्रकाश पारे । उनीहरूले सिटिजन लाइफलाई थप सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अगाडि बढाउन सबैलाई एकजुट भएर लाग्न आह्वान गरे ।

कम्पनीका अनुसार यस्ता सम्मान कार्यक्रमले लिडरहरूलाई थप ऊर्जा प्रदान गर्नुका साथै बीमा सेवाको पहुँच विस्तार र गुणस्तरीय सेवा प्रवाहमा निरन्तर योगदान पु¥याउनेछ ।

वि.सं.२०८३ साउन १८ सोमवार १२:०७ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...