सीता शर्मा पन्थी, वीरगन्ज पर्सा
तिम्रो मौनताको के नै नाम होला
सुन्दर सहर कुन ठाम होला
मन वेचैन छ भेटी कुरा गर्न
आउने बाटो बाढीले जाम होला
आँधीबेरी चलेको छ मनभित्र
नगर है प्रिय तामझाम होला
वर्षाको मौसम झरी र वादल
उता के छ? यता चर्को घाम होला
मनको कुरा नि धेरै साटिसक्यौँ
ल भयो अब बिहानी काम होला ।
अक्षर सङ्ख्या : १२
अनुप्रास : आम
शेष अनुप्रास : होला
अभ्यास ; चारु साहित्य प्रतिष्ठान पाठशाला
वि.सं.२०८३ साउन १६ शनिवार ०७:५४ मा प्रकाशित





























