back
CTIZAN AD

पाकेर झुलिसकेको धान भित्र्याउन नसकिएपछि किसान चिन्तित

वि.सं.२०८२ असोज २१ मंगलवार

618 

shares

सुदूरपश्चिम । खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् ।

गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला पाकेर खेतमा झुलिसकेको भए पनि वर्षा हुने सम्भावनाले भित्र्याउन नपाएको किसानले बताएका छन् । धनगढीका किसान वीरबहादुर रानाले भने, “दुई हप्ताअघि नै भित्र्याउने समय भइसकेको धानबाली खेतमा पाकेर झुलिसकेको छ, मौसमको भर नहुँदा काट्न पाइरहेका छैनौ । कतिपय गाउँमा काटेर सुकाइएको धान वर्षाले भिजेर क्षति गरेको छ ।”

वडादसैँपछि तिहार पर्व मनाउने तयारीमा रहेका किसानलाई खेतमा पाकेर पहेलपुर भएको धानबालीलाई आकाशमा बाँदल लाग्ने गरेकाले कतिबेला काट्ने भन्ने चिन्ताले सताएको हो ।

मनसुनी वर्षाले तीन दिन अघिसम्म देशको मध्य तथा पूर्वी क्षेत्रमा धनजनको ठूलो क्षति पु¥याउँदा सुदूरपश्चिम प्रदेशमा भने समान्य मौसम थियो । गएराति कैलालीसहितका जिल्लामा वर्षा हुँदा किसानमा थप चिन्ता बढेको छ ।

वर्षा गराउने मनसुन निष्क्रिय भइसके पनि स्थानीय वायुको प्रभाव यथावत रहँदा सुदूरपश्चिमका केही क्षेत्रमा वर्षा हुनसक्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको छ ।

‘‘फूलपातीका दिन काटेर खेतमै सुकाइ राखिएको बाली राति परेको पानीले भिजाएर क्षति पुग्यो,’’ अर्का किसान लक्ष्मण चौधरीले भने, ‘‘आकाशमा बाँदल मडारिने क्रम रोखिएको छैन, यसले पाकेर झुलिसकेको धान काट्न नपाएर समस्या भइरहेको छ ।”

पछिल्ला केही वर्षदेखि धानबाली भित्र्याउने समयमै हुने वर्षाका कारण काटेर खेतमै सुकाइएको धान बालीमा क्षति पुग्ने गरेको छ । किसान मानबहादुर चौधरी भने, “केही क्षेत्रमा रोककिराको समस्या देखिए पनि अधिकांश जग्गामा यसपालि धान राम्रो फल्ने देखिएको छ । पाकेको धान काटौँ भने भिज्ने डर छ, नकाटौँ भने खेतमै बिग्रिने त्रासमा छौँ ।”

प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका सात जिल्लामा आपूर्ति हुने गरेको छ । कृषि विकास निर्देशनालयको तथ्याङ्कका अनुसार प्रदेशमा कूल एक लाख ८१ हजार तीन सय ९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने कगरेको छ । यसबाहेक कैलाली, कञ्चनपुरमा चैते धानखेती हुने गरेको छ । सबैभन्दा बढी तराईको जिल्ला कैलालीमा ७२ हजार पाँच सय हेक्टर र कञ्चनपुरमा ४८ हजार चार सय ९० हेक्टर जग्गामा धानखेती हुने गरेको छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा,बैतडी, बझाङ, दार्चुला,र डडेलधुरा जिल्लामा गरी झण्डै ६० हजार चार सय छ हेक्टरमा यो खेती हुने गरेको छ । बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार तीन सय ५३ मेट्रिकटन हुन्छ । पछिल्ला वर्षमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ । रासस

वि.सं.२०८२ असोज २१ मंगलवार १३:०२ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...