back
CTIZAN AD

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

वि.सं.२०८३ साउन १ शुक्रवार

279 

shares
नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न सरकारी चिकित्सकहरूलाई आदेश दिएको छ । उनको तीन हप्तादेखि जारी अनशनका कारण समर्थकहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन् । उनी भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत छन् ।
जुन २८ देखि अनशन सुरु गरेका ५९ वर्षीय वाङचुकले चिकित्सा प्रवेश परीक्षामा कथित अनियमितता र अन्य सुधारका माग गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।
भारतभरिका रिसाएका विद्यार्थीहरूले हालै केही सातादेखि ‘ककरोच जनता पार्टी’ नामक व्यंग्यात्मक अनलाइन आन्दोलनद्वारा आयोजित प्रदर्शनमा सहभागी भएका छन्। धेरै विद्यार्थीले बारम्बार प्रश्नपत्र बाहिरिँदा परीक्षार्थीहरूले परीक्षा प्रणालीप्रति विश्वास गुमाएको बताएका छन् ।
नयाँदिल्लीको प्रसिद्ध प्रदर्शन स्थल जन्तर मन्तरमा स्टेजमा अनशनरत वाङचुक बिहीबार निकै कमजोर विरामीजस्तो देखिएको थिए तर सहयोगका लागि अनशनस्थलमा पुगेका समर्थकहरूलाई हात हल्लाउँदै हौसला दिएका थिए ।
“सोनम वाङचुकको ज्यान बचाउन जुनसुकै चिकित्सकीय हस्तक्षेप आवश्यक परे पनि गर्नुपर्छ,” एक याचिकापछि दिल्ली उच्च अदालतले बिहीबार आदेश दिएको छ ।
अदालतले ‘कुनै पनि नागरिकको ज्यान अमूल्य हुन्छ’ भनेको छ।
यो साता अभियन्ताका वकिल राकेश कुमार सैनीले दायर गरेको याचिकामा वाङचुकले अनशन तोड्ेनन् भने उनको जीवन निकै जोखिममा रहेको चेतावनी दिइएको थियो ।
वाङचुकका केही समर्थक र आन्दोलनका सदस्यहरूले पनि उनलाई अनशन तोड्न आग्रह गरेका छन् । पेशाले इन्जिनियर वाङचुक हिमालयमा पानी संरक्षण परियोजनाहरूको अग्रणीको रूपमा प्रसिद्ध छन् ।
उनले सन् २०१८ मा हिमालय क्षेत्र लद्दाखमा पर्यावरण संरक्षण र स्थानीय विद्यालय प्रणाली सुधारमा योगदान पु¥याएकोमा प्रतिष्ठित रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरेका थिए ।
वाङचुकसँगै करिब एक दर्जन विद्यार्थीहरूले पनि अनशन गरेका छन्, जसमा उत्तर प्रदेशका बहादुर सिंह पनि छन् ।
“म आफ्नो लागि अनशन गरेको होइन यो प्रणालीप्रति आशा गुमाएका हरेक विद्यार्थीको लागि हो,” २९ वर्षीय सिंहले एएफपीसँग भने ।
गत महिना करिब २२ लाख आकाङ्क्षी चिकित्सा विद्यार्थीहरूले कडा सुरक्षा बीच पुनः परीक्षा दिएका थिए। अघिल्लो परीक्षाको प्रश्नपत्र बाहिरिएपछिको व्यापक आक्रोशपछि उक्त परीक्षा रद्द गरिएको थियो ।
अत्यधिक प्रतिस्पर्धात्मक यो परीक्षाको असफलता र उच्च विद्यालय परीक्षामा अलग्गै मार्किङ घोटालाले ठूलो आक्रोश उत्पन्न गरेको थियो र युवा आन्दोलनलाई बल दिएको थियो।
विपक्षी दलका केही सदस्यहरूले वाङचुक र विद्यार्थी कार्यकर्ताहरूलाई समर्थन जनाएका छन् ।
वाङचुकको अभियानमा समर्थन जनाउँदै भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका शशि थरुरले सामाजिक सञ्जालमा लेखेका छन्, “यो देशले तपाइलाई सुन्छ ।”
“तपाइको रिस अनुशासनहीनता होइन, यो एउटा पुस्ताको पीडा हो जसले सबै ठीक ग¥यो तर पनि धोका पायो ।” (रासस/एएफपी)

वि.सं.२०८३ साउन १ शुक्रवार ०७:४६ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...