back
CTIZAN AD

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

वि.सं.२०८३ भदौ ८ सोमवार

15 

shares

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आङ्गिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ ।

विश्वबिद्यालयका उपकुलपति प्राडा ऋषिराम कट्टेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रिबास र बर्दिबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षण गरेको हो । ती चारवटामध्ये कटारीमा वन स्नातक अध्ययन अध्यापन हुन्छ भने तीन वटामा कृषि स्नातक तहको अध्ययन अध्यापन हुन्छ ।

विद्यार्थी, प्रध्यापक, कर्मचारी र क्याम्पस प्रमुखसँग छुट्टाछुट्टै छलफल गरिएको उपकुलपति प्राडा कट्टेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ ती क्याम्पसको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, विद्यार्थीको भर्ना, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतका विषयमा छलफल गरी सुझाव लिने र कतिपय समस्या तत्कालै समाधान हुने गरी आवश्यक निर्देशन भयो । ”

उपकुलपति प्राडा कट्टेलसँगै रजिष्ट्रार प्राडा सुबिर सिंह, कृषि सङ्कायका डिन प्राडा सुन्दर तिवारी र वन सङ्कायका डिन प्राडा गान्दिप काफ्लेको टोलीले क्याम्पसहरुको अनुगमन गरेको हो । सो क्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवश्यक प्रचारका लागि समेत आग्रह गरिएको छ । यस विश्वविद्यालयमा कृषि, वन, पशु चिकित्सा विज्ञान तथा पशुपालन र मत्स्य विज्ञानको स्नातक र सोभन्दा माथि अध्ययन अध्यापन हुन्छ ।

वि.सं.२०८३ भदौ ८ सोमवार १०:५० मा प्रकाशित

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

८०१ सवारीसाधनदेखि ५५ लाखसम्म : नाडाको ५० वर्षे अटोमोबाइल यात्रा

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापना भएको दुई वर्षपछि,...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...