back
CTIZAN AD

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वि.सं.२०८३ साउन १ शुक्रवार

273 

shares
वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गरेका छन् । उनले रिहा भएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इरानमा थुनामा रहेकी थिइन् ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै लेखेका छन्, “इरानी नियन्त्रणबाट रिहा हुनुभएका अमेरिकी महिलाले इरानबाट सुरक्षित रूपमा बाहिर निस्किएको बताउनुभएको छ ।”
, “इरानले सन् २०२४ डिसेम्बरमा ‘जो बाइडेन’ को राष्ट्रपति कालमा गलत रूपमा थुनिएको एक अमेरिकी नागरिकलाई इरान छोड्न अनुमति दिएको छ । उहाँ अहिले इरानबाहिर सुरक्षित हुनुहुन्छ र उहाँको स्वास्थ्य राम्रो छ। संयुक्त राज्य अमेरिकाले इरानको यो शुभेच्छाको इशाराको प्रशंसा गर्दछ!” उनले लेखेका छन् ।
सीएनएनका अनुसार यस बिषयमा सीएनएनले ह्वाइट हाउस र राष्ट्रपतिका विशेष प्रतिनिधिको कार्यालयसँग प्रतिक्रिया मागेको थियो तर यसबारे थप जानकारी प्राप्त हुन सकेन । राष्टपति ट्रम्पले दिएको जानकारीमा महिलाको नाम उल्लेख गरेका छैनन् र उनको रिहाइको थप विवरण दिएका छैनन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार वकिल जारेड गेन्सरले एक्समा पोस्ट गर्दै उनको रिहाइको पुष्टि गरेका छन् । उनले लेखेका छन् “म अत्यन्त खुशी छु कि सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फसेकी मेरा सेवाग्राही अमेरिकी नागरिक डेना करारीे सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फस्नुभएको थियो अब स्वतन्त्र हुनुभएको छ ।”
गेन्सरले रिहाइका लागि राष्टपति ट्रम्पलाई श्रेय दिँदै भने, “राष्ट्रपति ट्रम्पको असाधारण र निरन्तर प्रयासबिना यो सम्भव थिएन। डेना अब सुरक्षित हुनुहुन्छ र अमेरिका फर्किंदैहुनुहुन्छ ।’ सीएनएनका अनुसार, करारीलाई थुनामा राखिएको आरोप लगाइएको र पछि धरौटीमा रिहा गरिएको थियो तर उनीमाथि बाहिर निस्किनबाट प्रतिबन्ध थियो, जसले अहिलेसम्म उनलाई इरान छोड्न मिलेको थिएन ।
सीएनएनले गत महिनासम्म अमेरिकी सरकारले इरानमा थुनामा रहेका कम्तीमा छ जना अमेरिकीको ‘ट्र्याकिङ’ गरिरहेको जनाएको छ, जसमध्ये दुई जनालाई आधिकारिक रूपमा गलत थुनामा परेको मानिएको छ।
ट्रम्पको यो पोस्ट इरानसँगको चलिरहेको द्वन्द्वको समयमा आएको हो। पेन्सिलभेनियाको डिफेन्स एण्ड इनोभेसन समिटमा उनलाई इरानमाथि हमला गर्न कुनै डेडलाइन दिनुभएको  कि भनी सोधिएको अर्को एक प्रश्नमा राष्ट्रपति ट्रम्पले जवाफ दिए, “मलाई डेडलाइन दिन मन लाग्दैन, तर उनीहरूलाई राम्रोसँग थाहा छ । उनीहरूले कथा बुझेका छन्। उनीहरूले राम्रो व्यवहार गर्नुपर्छ।”
मंगलबार फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ‘यदि इरान वार्ताको टेबलमा नफर्केमा अमेरिकाले आगामी हप्ताबाट इरानी पावर प्लान्ट र पुलहरूलाई लक्षित गर्न थाल्नेछ’ भनी चेतावनी दिएका थिए ।
उनले भनेका थिए “हामी उनीहरूलाई भोलि राति निकै कडा प्रहार गर्नेछौँ। अर्को रात पनि कडा प्रहार गर्नेछौँ। अनि अर्को हप्ता उनीहरूका लागि निकै खराब हुनेछ, किनकि अर्को हप्ता पावर प्लान्ट र पुलहरूको पालो आउनेछ ।  हामी उनीहरूका सबै पावर प्लान्ट र पुलहरू ध्वस्त पार्नेछौँ, जबसम्म उनीहरू वार्ताको टेबलमा आउँदैनन्।”(रासस÷एएनआई)

वि.सं.२०८३ साउन १ शुक्रवार ०७:३२ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...