back
CTIZAN AD

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

वि.सं.२०८३ असार ३१ बुधवार

171 

shares

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९ मा उच्चतम विन्दुमा पुग्ने र त्यसपछि दीर्घकालीन रूपमा घट्दै जाने प्रक्षेपण गरिएको छ ।

मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले वृद्ध बन्दै गएको जनसङ्ख्याले भविष्यमा सामाजिक तथा आर्थिक क्षेत्रमा चुनौती थप्ने जनाएको छ ।
प्रतिवेदनअनुसार हाल इयूको जनसङ्ख्या ४५ करोड छ लाख रहेकोमा सन् २०२९ सम्म ४५ करोड ३३ लाख पुग्नेछ । त्यसपछि भने जनसङ्ख्या क्रमशः घट्दै सन् २१०० सम्म ३९ करोड ८८ लाखमा सीमित हुने अनुमान गरिएको छ । यो हालको तुलनामा करिब ११ दशमलव ७ प्रतिशतको गिरावट हो ।

सुधारिएको स्वास्थ्य सेवा, जीवनस्तर र सामाजिक अवस्थाका कारण युरोपेलीको औसत आयु निरन्तर बढिरहेको छ । इयूको संयुक्त अनुसन्धान केन्द्रका अनुसार सन् २०२४ मा जन्मका बेला औसत आयु ८१ दशमलव पाँच वर्ष पुगेको थियो ।

प्रतिवेदनमा सन् २०५० सम्म इयूका प्रत्येक तीन जनामध्ये एक जनाको उमेर ६५ वर्ष वा सोभन्दा बढी हुने उल्लेख गरिएको छ । हाल यो अनुपात पाँच जनामध्ये एक रहेको छ । सन् २१०० सम्म महिलाको औसत आयु ९० वर्ष र पुरुषको ८६ वर्षभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ ।
वृद्ध जनसङ्ख्याको बढ्दो अनुपातले श्रमशक्ति अभाव, सार्वजनिक वित्तमा दबाब तथा स्वास्थ्य, हेरचाह र शिक्षा प्रणालीमा चुनौती थप्ने प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, प्रतिवेदनले वृद्ध नागरिकलाई लक्षित वस्तु तथा सेवाको बजार विस्तार हुँदै गएको ‘सिल्भर इकोनोमी’लाई सम्भावित अवसरका रूपमा पनि औँल्याएको छ ।

इयू आयुक्त डुब्राभ्का सुइकाले युरोपेली पहिलेभन्दा लामो र स्वस्थ जीवन बाँचिरहेको उल्लेख गर्दै जनसाङ्ख्यिक परिवर्तनले समाज, अर्थतन्त्र र श्रम बजारलाई पुनः आकार दिइरहेको बताउनुभयो । उहाँले यस परिवर्तनलाई अवसरमा रूपान्तरण गर्न समयमै आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिवेदनले घट्दो श्रमशक्तिको प्रभाव न्यूनीकरण गर्न उत्पादकत्व वृद्धि, बेरोजगारी न्यूनीकरण तथा श्रम बजारमा सहभागिता बढाउनुपर्ने सुझाव दिएको छ ।

हाल युरोपमा काम गर्न सक्ने उमेरका करिब २० प्रतिशत व्यक्ति श्रमशक्तिभन्दा बाहिर रहेका छन् भने करिब ८० लाख युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि सङ्गलग्न छैनन् ।

प्रतिवेदनका अनुसार बसाइँसराइले जनसाङ्ख्यिक परिवर्तनका केही असर कम गर्न सहयोग पु¥याए पनि वृद्ध जनसङ्ख्याबाट उत्पन्न हुने दीर्घकालीन चुनौती समाधान गर्न मात्र त्यसले पर्याप्त भूमिका खेल्न सक्ने छैन । रासस÷एएफपी

वि.सं.२०८३ असार ३१ बुधवार ०८:५० मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...