back
CTIZAN AD

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

वि.सं.२०८३ असार ३१ बुधवार

210 

shares

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको मृत्यु भएको घटनापछि उक्त स्थलमा आधारभूत सुरक्षा प्रणालीको अभाव रहेको एक स्वतन्त्र विज्ञले बताएका छन् ।

भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले आइतबार भएको आगलागीपछि फरेन्सिक प्रहरीसँग मिलेर ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले सो स्थलमा ठूलो भीड र प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सञ्चालन भए पनि आवश्यक सुरक्षा व्यवस्था नरहेको बताए ।

“आगोबाट बच्ने आपतकालीन निकास मार्ग, चेतावनी प्रणाली र आपतकालीन तयारीजस्ता उपायले सम्भावित जनधनको क्षति कम गर्न सक्थ्यो,” उनले एएफपीसँग भने ।

प्रारम्भिक निरीक्षणका क्रममा आपतकालीन निकास सङ्केत, आपतकालीन बत्ती तथा फायर अलार्म उपकरण नदेखिएको उनले बताए । यद्यपि घटनाको विस्तृत मूल्याङ्कनका लागि सम्बन्धित निकायको थप अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
थाइल्यान्डमा विशेषगरी बार

र नाइटक्लबजस्ता मनोरञ्जनस्थलमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

सन् २००९ मा बैङ्ककस्थित ‘सान्तिका’ क्लबमा नयाँ वर्षको कार्यक्रमका क्रममा भएको आगलागीमा ६७ जनाको मृत्यु भएको थियो भने २०० भन्दाबढी घाइते भएका थिए । त्यस्तै, सन् २०२२ मा पूर्वी चोनबुरी प्रान्तको ‘माउन्टेन बी’ नाइटक्लबमा भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो ।

“यस्ता घटना पटक–पटक भइरहेका छन् । सान्तिकादेखि अहिलेको घटनासम्म आइपुग्दा यो ठूलो क्षति हो,” आइतबारको आगलागीमा भतिजी गुमाएकी जितिया फाइ क्लाउले बताए ।

मनोरञ्जनस्थलको रूपमा सञ्चालन, तर रेस्टुरेन्टको अनुमति
वासावतका अनुसार ‘रोङ बियर ना लात फ्राओ’सँग रेस्टुरेन्ट सञ्चालनको अनुमति भए पनि यसको गतिविधि भने मनोरञ्जन स्थलजस्तो रहेको थियो ।
उनले बैङ्ककका अन्य धेरै बार तथा नाइटक्लबमा पनि यस्तै अवस्था देखिने बताउँदै मनोरञ्जनस्थल सञ्चालनका लागि तोकिएका क्षेत्र सीमित रहेको उल्लेख गरे ।
गृह मन्त्रालयका अधिकारी आन्सित सम्फान्तारातले उक्त स्थान रेस्टुरेन्टका रूपमा दर्ता भए पनि त्यहाँ प्रत्यक्ष सङ्गीत, मदिरा बिक्री र नाचगानजस्ता मनोरञ्जनात्मक गतिविधि सञ्चालन भइरहेको पाइएको बताए ।

“कुनै स्थानमा यस्ता गतिविधि सञ्चालन भइरहेका छन् तर त्यसलाई मनोरञ्जनस्थलका रूपमा दर्ता गरिएको छैन भने त्यो नियम उल्लङ्घन हो,” उनले भने ।

बैङ्ककका गभर्नर चाडचार्ट सिट्टीपुन्टले यस्ता प्रतिष्ठानको अनुगमन बढाउने र सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भवनको वर्गीकरण, क्षेत्र निर्धारण (जोनिङ) तथा विभिन्न प्रतिष्ठानको कानुनी परिभाषामा सुधार आवश्यक रहेको बताए ।
वासावतले भविष्यमा यस्ता घटना दोहोरिन नदिन देशव्यापी रूपमा भवन सुरक्षा तथा निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।(रासस/एएफपी)

 

वि.सं.२०८३ असार ३१ बुधवार ०८:५६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...