back
CTIZAN AD

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

वि.सं.२०८३ असार ३१ बुधवार

210 

shares

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चारवटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जोर्डन सशस्त्र बलले जनाएको छ ।

जोर्डन सशस्त्र बल (जेएएफ)अरब सेनाले जारी गरेको विज्ञप्तिअनुसार, मुलुकको सार्वभौमसत्ता, सुरक्षा र नागरिकको संरक्षणका लागि सञ्चालन गरिएको उक्त कारबाही प्रभावकारी रूपमा सम्पन्न भएको थियो । घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, रोयल इन्जिनियरिङ कोप्र्सका टोलीले विभिन्न स्थानमा खसेका क्षेप्यास्त्रका अवशेषलाई निर्धारित प्राविधिक तथा सुरक्षा प्रक्रियाअनुसार व्यवस्थापन गरेका छन् । साथै, प्रभावित क्षेत्रलाई सुरक्षित राख्न र नागरिक तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आवश्यक उपाय अपनाइएको जनाइएको छ ।

जोर्डन सशस्त्र बलले पछिल्ला घटनाक्रमको निरन्तर निगरानी भइरहेको र मुलुकको सुरक्षा वा हवाई क्षेत्रमाथि देखापर्ने कुनै पनि खतराको सामना गर्न उच्च सतर्कता अपनाइएको जनाएको छ ।

सेनाले जोर्डनको सार्वभौमसत्ता वा हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि प्रयासको दृढतापूर्वक प्रतिकार गरिने बताउँदै राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ । (रासस/सिन्ह्वा)

वि.सं.२०८३ असार ३१ बुधवार ०९:०१ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...