back
CTIZAN AD

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

वि.सं.२०८३ साउन १ शुक्रवार

156 

shares

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु ,भक्तपुरको आयोजनामा नेपाली भाषा र साहित्य सम्बन्धी सप्ताहव्यापी विविध कार्यक्रमहरू सम्पन्न भएकाे छ। जस अन्तरगत काठमाडौं वल्ड स्कुलका कक्षा १ देखि १० सम्मका करिब दुई सय विद्यार्थीहरूले नेपाली पठन प्रतियोगिता ,नेपाली हस्तलेखन प्रतियोगिता ,स्थलगत कथावाचन प्रतियोगिता ,नेपाली हिज्जे प्रतियोगिता ,वादविवाद प्रतियोगिता र भानुभक्तका रचनावाचन प्रतियोगितामा भाग लिइ आफ्नो प्रतिभा प्रष्फुटन गर्नुका साथै नेपाली भाषा र साहित्यको आस लाग्दो भविष्य प्रतीत गराएका थिए।

भानुसप्ताहको समापन गर्ने क्रममा २०८३ असार ३० गते काठमाण्डाैँ वल्ड स्कुलको आयोजनामा उपत्यकाव्यापी कविता लेखन र वाचन प्रतियोगिता भव्यताकासाथ समापन भयो।उक्त प्रतियोगितामा काठमाडौं ,भक्तपुर र ललितपुरका १८ वटा स्कुलका १८ विद्यार्थीहरू प्रतियोगी विद्यार्थीका रुपमा उपस्थित भइ आ-आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए।

प्रतियोगी विद्यार्थीहरू मध्य काठमाडौं प्रज्ञाकुञ्ज स्कुलकी छात्रा -काव्याश्री सुवेदीले प्रथम स्थान ,युनिक एकेडेमीकी छात्रा-चाहना ढुङ्गेलले द्वितीय स्थान ,घटराजमेमोरियल स्कुलकी अपश्वी सापकोटाले तृतीय स्थान र समाज सुधार मा वि की छात्रा मिनुकुमारी तामाङले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक शीला चौधरीले शुभकामना मन्तव्य,कार्यक्रम संयोजक राजेश घिमिरेले स्वागत मन्तव्यका साथै विद्यालयका प्रधानाध्यापक डा विद्या अधिकारीले उपस्थित शिक्षक र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरिन् ।

नेपाली भाषा र साहित्य सिर्जनाका क्षेत्रमा निरन्तर कलम चलाउने कविद्वय कोषराज न्यौपाने र असीम सागरले निर्णायकको गहन भूमिका निर्वाह गर्नु भएको थियो भने यसै विद्यालयका नेपाली शिक्षिकाद्वय रञ्जु दाहाल र कुमारी प्रजापतिले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

वि.सं.२०८३ साउन १ शुक्रवार १०:१६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...