back
CTIZAN AD

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

वि.सं.२०८२ असोज २४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ ।

‘स्टार्टअप हब नेपाल’ र ‘वर्ल्ड ट्रेड गु्रप’ले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तरराष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल विजेता डिएल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे बिहीबार अमेरिका प्रस्थान गर्नुभएको हो । रु १४ करोड ४० लाख बराबरको पुरस्कार रहेको प्रतिस्पर्धामा नेपालले विजेता बन्ने सपना देखेको स्टार्टअप हब नेपालका अध्यक्ष तथा साउथ एसिया प्रमुख डा शम्भु पोखरेलले बताए । यो प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने उनको भनाइ छ ।

यही अक्टोबर १७ देखि २२ सम्म अमेरिकामा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै डिएल सर्फले विश्वका सय देशका च्याम्पियन स्टार्टअपसँगग प्रतिस्पर्धा गर्नेछन् ।

स्टार्टअप वल्र्डकपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको कम्पनी पिगासस टक भेञ्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीलाई ग्लोबल एक्सपोजर, लगानी र विश्वस्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।

वि.सं.२०८२ असोज २४ शुक्रवार १२:५९ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...