back
CTIZAN AD

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

वि.सं.२०८२ असोज २४ शुक्रवार

843 

shares

 

झापा, २४ असोजः यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन् ।

 

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले यस अवधिमा हात्तीको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको बताउनुभयो । यस्तै, खोज, अनुसन्धान तथा ‘पोस्टमार्टम रिपोर्ट’का आधारमा १४ हात्ती गैरकानुनी विद्युतीय धरापले मरेको पाइएको उहाँले जानकारी दिए ।

 

प्रमुख श्रेष्ठले तत्काल जथाभावी रूपमा टाँगिएका तारवारलाई नियन्त्रणमा नलिए हात्ती मात्र नभई मानवीय क्षतिको जोखिमसमेत बताउनुभयो । “जङ्गली हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले गैरकानुनी रूपमा नाङ्गो विद्युतीय घेराबार राख्ने प्रवृत्ति छ । हात्तीका लागि यो निकै चुनौतीपूर्ण रहेको तथ्यले नै पुष्टि गरिसकेको छ”, प्रमुख श्रेष्ठले भने, “स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई समस्या समाधानका लागि पत्राचारसमेत गरिसकेका छौँ । आफ्नो अन्नबाली तथा घरगोठको सुरक्षा गर्ने नाउँमा किसानले जथाभावी नाङ्गो विद्युतीय तारवार लगाउने कार्य तत्काल बन्द गर्नुपर्छ ।”

 

उनले सरोकार भएकाहरूलाई घरदैलोमै भेटेर विद्युतीय धराप नराख्न आग्रह गर्दासमेत बेवास्ता गरेको गुनासो गर्नुभयो ।  “काठ र बासँका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत् प्रवाह गरी दिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र बिहानीपख उज्यालो भएपछि बन्द गर्ने डरलाग्दो काम भइरहेको छ । यसले हात्ती मात्रै होइन, मानवीय क्षति हुने जोखिम छ”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

 

यहाँ भारतबाट समेत हात्ती आउने गरेका छन् । त्यस क्रममा मानव–हात्ती द्वन्द्व हुने गरेको छ ।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:०७ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...