back

मानव-हात्ती द्वन्द्वः दुई दशकयता ७२ जनाको मृत्यु

वि.सं.२०८२ असोज २४ शुक्रवार

444 

shares

 

झापा, २४ असोजः यहाँ विगत दुई दशकयता मानव-हात्ती द्वन्द्वका कारण ७२ जनाको मृत्यु भएको छ । त्यस्तै, २६ वटा हात्ती मरेकामा गैरकानुनी रूपमा राखिएका विद्युतीय धरापले मात्रै १४ हात्ती मरेका छन् ।

 

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले यस अवधिमा हात्तीको आक्रमणमा परी ७२ जनाको मृत्यु भएको बताउनुभयो । यस्तै, खोज, अनुसन्धान तथा ‘पोस्टमार्टम रिपोर्ट’का आधारमा १४ हात्ती गैरकानुनी विद्युतीय धरापले मरेको पाइएको उहाँले जानकारी दिए ।

 

प्रमुख श्रेष्ठले तत्काल जथाभावी रूपमा टाँगिएका तारवारलाई नियन्त्रणमा नलिए हात्ती मात्र नभई मानवीय क्षतिको जोखिमसमेत बताउनुभयो । “जङ्गली हात्ती प्रभावित क्षेत्रमा स्थानीयवासीले गैरकानुनी रूपमा नाङ्गो विद्युतीय घेराबार राख्ने प्रवृत्ति छ । हात्तीका लागि यो निकै चुनौतीपूर्ण रहेको तथ्यले नै पुष्टि गरिसकेको छ”, प्रमुख श्रेष्ठले भने, “स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई समस्या समाधानका लागि पत्राचारसमेत गरिसकेका छौँ । आफ्नो अन्नबाली तथा घरगोठको सुरक्षा गर्ने नाउँमा किसानले जथाभावी नाङ्गो विद्युतीय तारवार लगाउने कार्य तत्काल बन्द गर्नुपर्छ ।”

 

उनले सरोकार भएकाहरूलाई घरदैलोमै भेटेर विद्युतीय धराप नराख्न आग्रह गर्दासमेत बेवास्ता गरेको गुनासो गर्नुभयो ।  “काठ र बासँका किलामा अड्याइएका असुरक्षित तारमा अधिकांश मानिसले रातभर विद्युत् प्रवाह गरी दिएका हुन्छन् । बेलुका सुत्ने बेलामा करेन्ट प्रवाह गर्ने र बिहानीपख उज्यालो भएपछि बन्द गर्ने डरलाग्दो काम भइरहेको छ । यसले हात्ती मात्रै होइन, मानवीय क्षति हुने जोखिम छ”, कार्यालय प्रमुख श्रेष्ठले भने ।

 

यहाँ भारतबाट समेत हात्ती आउने गरेका छन् । त्यस क्रममा मानव–हात्ती द्वन्द्व हुने गरेको छ ।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार १६:०७ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...