back

गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

वि.सं.२०८२ असोज २३ बिहीवार

225 

shares

सिरहा । यहाँको धनगढीमाई नगरपालिका— ९ स्थित जिरोमाइल नजिकै आज बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको ना ७ ख २६५ नं को यात्रुबाहक बसबाट खसेर लहान नगरपालिका—१ निवासी २१ वर्षीय सहचालक पवनकुमार यादव गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचिएर गम्भीर घाइते भएका सहचालक यादवलाई तत्कालै उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो । तर, मध्यान्ह १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।

वि.सं.२०८२ असोज २३ बिहीवार १७:५४ मा प्रकाशित

Himalayan Life AD
आज विश्व मानसिक स्वास्थ्य दिवस

आज विश्व मानसिक स्वास्थ्य दिवस

काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका...

मनसुन क्रमशः कमजोर हुँदै

मनसुन क्रमशः कमजोर हुँदै

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी,...

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

घोडेपानी (म्याग्दी) – चार दशकअघिसम्म किसानहरूको चरन क्षेत्रका रूपमा परिचित...

सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक

सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक

ढोरपाटन (बागलुङ) । अघिल्लो वर्ष दसैँको समयमा आन्तरिक तथा बाह्य...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज शुक्रवार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रवार : तपाईंको राशिफल कस्तो छ ?

  मेष – चु, चे, चो, ला, लि, लु, ले,...