back
CTIZAN AD

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

वि.सं.२०८२ असोज २४ शुक्रवार

789 

shares

घोडेपानी (म्याग्दी) – चार दशकअघिसम्म किसानहरूको चरन क्षेत्रका रूपमा परिचित ‘लुङटुङ’ डाँडा आज विश्वप्रसिद्ध पर्यटन गन्तव्य पुनहिलका रूपमा चिनिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल समुद्री सतहबाट ३,२१० मिटर उचाइमा रहेको आकर्षक स्थल हो, जसले स्थानीय अर्थतन्त्रदेखि प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

घोडेपानीका होटल व्यवसायी र अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार, पुनहिलको पर्यटन विकासमा खिवाङका स्व. टेकबहादुर पुनको अग्रणी भूमिका थियो। भारतीय सेनाबाट सेवानिवृत्त भएपछि टेकबहादुर पुनले सन् १९७० को दशकमा लुङटुङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका थिए। त्यसपछि यही डाँडा पुनहिलका रूपमा परिचित हुँदै आज अन्तर्राष्ट्रिय सन्दर्भमा स्थापित भएको हो।

पहिले घोडेपानी नुन व्यापारी, तीर्थयात्री र यात्रुहरूको विश्रामस्थल मात्र थियो। पोखरा हुँदै मुस्ताङ जाने बाटोमा यहाँ घोडालाई पानी खुवाउने थलो भएकै कारण ‘घोडेपानी’ नाम रहन गएको जनश्रुति छ।

२०३५ सालमा स्थानीयवासीको श्रमदानमा हरिबहादुर पुनको डिजाइनमा काठको भ्यूटावर निर्माण गरिएको थियो। पछि लेफ्टिनेन्ट राजु पुनको पहलमा २०५७ सालमा अहिलेको आकर्षक पक्की टावर बनेपछि पुनहिल अझ आकर्षक गन्तव्यको रूपमा विकसित भयो।

पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, गुर्जा लगायतका हिमशृङ्खलाको अवलोकन एकै ठाउँबाट गर्न सकिन्छ। वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँस र जाडोमा हिउँ खेल्न पाउने अवसरले यो क्षेत्र प्रकृतिप्रेमीहरूको मन जित्दै आएको छ।

रूपक रिमालका अनुसार, असोज, कात्तिक, फागुन, चैत र वैशाख पुनहिल भ्रमणका लागि उपयुक्त समय हुन्। पर्यटक प्रहरी चौकी घोडेपानीका तथ्याङ्कअनुसार वार्षिक झण्डै ३० हजार पर्यटक यहाँ पुग्छन्। चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले पुनहिलको प्रवेश शुल्क र चिया पसल सञ्चालन अधिकार रु ५४ लाखमा ठेक्का दिएको छ।

पर्यटकहरूले प्रवेश शुल्कका रूपमा विदेशीका लागि रु १५० र नेपालीका लागि रु ५० तिर्नुपर्छ। ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनका अनुसार पछिल्लो एक हप्तायता दैनिक १५०–२०० विदेशी पर्यटक यहाँ आएका छन्, यद्यपि गत वर्ष यही अवधिमा यो संख्या दैनिक ४०० नाघेको थियो।

हाल घोडेपानीमा २३ वटा होटल सञ्चालनमा छन्, जसमा एक हजारभन्दा बढी पर्यटक एकैपटक बस्न सक्छन्। यहाँका होटलहरूले अर्ग्यानिक खाना, इन्टरनेट र आधुनिक सुविधासहित हिमाल दृश्य अवलोकनको अनुभव प्रदान गर्छन्।

पुनहिलसम्म पुग्नका लागि पोखरादेखि नयाँपुल हुँदै, वा म्याग्दीको नागी, मोहरे, फूलबारी र तातोपानी–शिख मार्ग हुँदै पनि पदयात्रा गर्न सकिन्छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म सडक पुगेको छ र पोखरेबगर–घोडेपानी मार्ग स्तरोन्नत भइरहेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। उनका अनुसार, पुनहिलको ठेक्काबाट उठेको आम्दानीको केही हिस्सा पर्यटन पूर्वाधारमा पुनःलगानी गरिएको छ र आन्तरिक तथा विदेशी पर्यटक दुबैलाई सहज पहुँच दिलाउने तयारी भइरहेको छ।

नयाँपुल–घोडेपानी–पोखरेबगर मार्गलाई पोखरा–जोमसोम आवतजावतको छोटो विकल्पका रूपमा विकास गर्ने योजना पनि अघि बढाइएको छ।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार ०७:१० मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...