back
CTIZAN AD

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

वि.सं.२०८२ असोज २४ शुक्रवार

1.1K 

shares

 

देउखुरी (दाङ) – पछिल्लो समय दाङका महिलाहरू सामूहिक खेतीतर्फ आकर्षित भएका छन्। घोराही उपमहानगरपालिका–८ कटुकी सेवारस्थित जनचेतना महिला कृषक समूहले सामूहिक खेतीमार्फत उल्लेखनीय आम्दानी गर्दै आत्मनिर्भर बन्न थालेका छन्।

समूहमा २० जना महिला आवद्ध छन्। उनीहरूले वडाभित्रै २५ कट्ठा जमिन भाडामा लिएर आलु र प्याजखेतीका साथै दुईवटा टनेलमार्फत तरकारी उत्पादन गर्दै आएका छन्। कृषक समूहकी कोषाध्यक्ष वसन्ती चौधरीका अनुसार, यस वर्ष आलु र प्याज दुवैको उत्पादन राम्रो भएको छ। कृषि ज्ञान केन्द्रले लक्षित वर्गका लागि २० जनालाई रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको छ।

समूहकी अध्यक्ष देउकुमारी चौधरीका अनुसार, आफ्नै र भाडामा लिएको जमिनमा गरिएको खेतीबाट आम्दानी समूहको कोषमा जम्मा गर्ने परिपाटी बसालिएको छ। गत वर्ष सामूहिक खेतीबाट धान, आलु, ब्रोकाउली, काउली, प्याज र गहुँ बिक्री गरी रु १ लाख १९ हजार ९५० बराबरको आम्दानी भएको समूहले जनाएको छ। हालै १५ क्विन्टल प्याज उत्पादन भएको र बिक्री भइरहेकाे बताइएको छ।

अध्यक्ष चौधरीका भनाइमा, सामूहिक खेतीले श्रम र जनशक्ति अभावका बेला काम सजिलो बनाएको छ। खेताला नपाइने समस्या घटेको छ र काम छिटो, छरितो रूपमा सम्पन्न हुने गरेको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बङ्गुरपालनका लागि खोर निर्माणमा रु १० लाख बराबरको बजेट सहयोग गरेको छ। समूहका सदस्यहरूले वित्तीय साक्षरता सिकेर बचत, लगानी, ऋण व्यवस्थापन र खर्च योजनामा सुधार ल्याएका छन्।

पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी कृष्ण न्यौपानेका अनुसार, लक्षित वर्गका महिलाको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सहयोग उपलब्ध गराइएको हो।

 

वि.सं.२०८२ असोज २४ शुक्रवार ०७:०८ मा प्रकाशित

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...