back
CTIZAN AD

सडक अवरुद्ध हुँदा जलजला पुग्न सकेनन् पर्यटक

वि.सं.२०८२ असोज २४ शुक्रवार

909 

shares

ढोरपाटन (बागलुङ) । अघिल्लो वर्ष दसैँको समयमा आन्तरिक तथा बाह्य पर्यटकको भीडले गुञ्जिएको जलजला यस वर्ष सुनसान छ। लामो वर्षा र सडक अवरुद्ध भएपछि ढोरपाटन उपत्यका र बुकीपाटन पुगेका पर्यटकहरू जलजला पुग्न नसकी फर्किन बाध्य भएका छन्।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने जलजला बागलुङ र म्याग्दी दुवैतिरबाट पुग्न सकिने आकर्षक गन्तव्य हो। यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, पुथा, गुर्जा, निलगिरि लगायत दर्जनौँ हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

पाँच वर्षअगाडि ओझेलमै रहेको जलजला पछिल्लो समय चर्चित बन्दै गएको छ। अघिल्लो वर्ष मात्रै सडक सञ्जालले ढोरपाटन र धवलागिरि गाउँपालिकाको तल्लो जलजलासम्म जोडिएको थियो। तर, यस वर्ष अविरल वर्षाले सडक बिग्रँदा र गाठेसाँघु बगाउँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ।

ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार ढोरपाटन–जलजला सडकखण्डमा रहेका तीनवटा खोलामा हाल्नुपर्ने काठका साँघु बर्खामा बगाएका कारण यात्रुहरू बीचमै फर्किनु परेको हो। उहाँले भन्नुभयो, “गत वर्ष जलजला पुग्ने पर्यटकको संख्या निकै बढेको थियो, तर यस वर्ष लगातारको वर्षाका कारण बाटो अवरुद्ध छ। केही दिनभित्र सडक सफा र साँघु हाल्ने तयारी भइरहेको छ।”

अहिले दैनिक करिब एक सयजना पर्यटक ढोरपाटन आइपुग्ने गरेका छन्। तर जलजला पुग्न नसक्दा धेरैले असन्तोष जनाइरहेका छन्। अध्यक्ष पुनले तिहारअघि सडक सञ्चालनमा ल्याउने र पर्यटक सहज रूपमा पुग्ने वातावरण बनाउने योजना रहेको बताए।

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट दुई दर्जनभन्दा बढी हिमाल एकै ठाउँबाट हेर्न सकिने हुँदा यो क्षेत्रको पर्यटकीय सम्भावना अत्यधिक छ। तर यातायातका समस्या र व्यवस्थापन अभावले यसको विकास रोकिएको स्थानीयको भनाइ छ।

दाङका रावल रोकाया १२ जनाको समूहसहित ढोरपाटन पुगेका थिए। तर सडक बिग्रिएका कारण जलजला पुग्न नसकेको उहाँको अनुभव छ। “सामाजिक सञ्जालमा जलजलाको दृश्यले मोहित बनायो, तर बाटो अवरुद्ध रहेछ, त्यसैले यसपालि पुग्ने इच्छा अधुरै रह्यो,” उहाँले भने।

हाल जलजला पुग्ने प्रयास गर्ने अधिकांश पर्यटक उपत्यकाबाटै फर्किन बाध्य छन्। स्थानीयहरू भने चाँडै सडक मर्मत सम्पन्न गरी तिहारसम्ममा पर्यटक आवागमन सहज बनाउने तयारीमा जुटेका छन्।

वि.सं.२०८२ असोज २४ शुक्रवार ०७:०६ मा प्रकाशित

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...