back

एक अर्ब ९४ करोड ६० लाख मूल्यको आलु उत्पादन

वि.सं.२०८२ असोज २७ सोमवार

585 

shares

ढोरपाटन (बागलुङ), २७ असोज । यस वर्ष बागलुङमा एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । “जिल्लाको माथिल्लो क्षेत्र आलुखेतीका लागि अत्यन्त उपयुक्त छ,” उहाँले भन्नुभयो, “त्यही कारण बागलुङमा हरेक वर्ष करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ ।”

अधिकारीका अनुसार तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायतका क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रमा आलु खेती गरिएकोमा ५५ हजार ६०० मेट्रिक टन उत्पादन भएको छ ।

गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको र ५६ हजार २४० मेट्रिक टन उत्पादन भएको थियो । “यो वर्ष खेती क्षेत्र र उत्पादन दुवै घटेको छ,” अधिकारीले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको आलु प्रतिकिलो ३५ रुपैयाँमा बिक्री गरेका छन् ।

कृषि ज्ञान केन्द्रले आलुखेती विस्तारका लागि पछिल्ला वर्षमा निरन्तर लगानी गर्दै आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा दुई करोड ६० लाख, २०८१÷८२ मा एक करोड ५९ लाख र चालु वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरिएको अधिकारीले जानकारी दिनुभयो ।

“बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि अनुकूल हावापानी भएकोले खायन आलु राम्रो उत्पादन हुन्छ,” उहाँले भन्नुभयो, “तीन वर्षदेखि क्षेत्र विस्तार, नयाँ प्रविधिको प्रयोग, मलखाद र सिँचाइ व्यवस्थापनमा ध्यान दिइरहेका छौँ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रमा खायन आलु लगाउने लक्ष्य लिएका छौँ ।”

यहाँ उत्पादित आलु बागलुङ, बुटवल र चितवनलगायतका सहरमा आपूर्ति हुने गरेको छ । गत वर्ष किसानले हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु ५० रुपैयाँमा बिक्री गरेका थिए । तर, यस वर्ष खडेरीका कारण उत्पादन घट्दा मूल्य प्रतिकिलो ३५ रुपैयाँमा सीमित भएको अधिकारीको भनाइ छ ।

वि.सं.२०८२ असोज २७ सोमवार ०७:२० मा प्रकाशित

Himalayan Life AD
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

 काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन...

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

खेलकुदमन्त्रीले पहिलो निर्णय के गरे ?

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण...

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

स्वास्थ्य मन्त्रीकाे पहिलो निर्णयः आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा

  नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले पदभार...

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ । पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश...

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती...

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...